Wednesday, August 4, 2021

कोलाहल र मौनता

 कोलाहल भित्रबाट

जन्मन्छ मौनता

र मौनता हुँदै गुज्रन्छ कोलाहल

एक थोपामा एक आँधी झल्किन्छ

सौम्यता भित्र

झन् ठूलो क्रान्ति वांचेको हुन्छ

समय क्रममा त्यो वलवान भएर निस्किन्छ


ए आवाजहरू

कहिलेकांही मौन प्रार्थनाहरू मात्रै भएर बस

अंध्यारोमा

आफ्नो शिशुलाई छातिमा टांसेर

उभिइरहेकी आमाजस्तै !

No comments:

Post a Comment

javascript:void(0)