चोर पनि, अपराधी
पनि 
यही हावामा सास
फेरेको छ 
ज्यानमाराले पनि,
हत्याराले पनि 
यहींको मूलको पानी
पिएको छ
अत्याचारीले पनि, भ्रष्टाचारीले पनि
अत्याचारीले पनि, भ्रष्टाचारीले पनि
यिनै चार
भन्ज्यांगभित्र छ उसको बासस्थान 
र यहीं छन् उसका
आफन्त पनि, नातेदार पनि 
मलाई निम्ता गर्नेले बोलाउँछ उसलाई पनि 
मलाई इज्जत
गर्नेले सह्राउँछ उसलाई पनि 
मैले गतिला ठानेकाहरु पनि 
उठबस गरेको देख्छु
उसैसंग 
संसार यस्तै हो कि
म खराब हो !
कहिलेकाहीं मै पनि बाध्य हुन्छु 
‘नमस्ते’ साटासाट गर्न उसंग
‘नमस्ते’ साटासाट गर्न उसंग
र पछि पछुताउंछु, 
तर त्यसको के अर्थ ?
तर त्यसको के अर्थ ?
किन यति ढिट भएको
हुँला म ! 
म आफैंसँग प्रश्न गर्छु
म आफैंसँग प्रश्न गर्छु
सारा जगतले सजिलो
मानेको बेला ?   
जब 
उसलाई र मलाई 
संगसंगै पुरस्कृत गर्छ
सरकारले -एउटै अलंकारले 
साउने झरी झैं बर्सने बधाईका हरेक घन्टीले
मेरो होश हवाश
उडाउंछन् 
झन् उसैको फोन आउँदा 
मलाई धिक्कार
लाग्छ 
जिउंदै मरे मरे झैं
लाग्छ 
हजुरबा
भन्नुहुन्थ्यो –
हावाको ख्याल
गर्नु 
खराब हावा बगेको
बेला 
चोर साधु झैं बन्छ
साधु या त दुला
पस्छ, 
या चोर करार भई
कुटिन्छ- चोरकै साटोमा 
हावा खराब भएको
बेला मानिस चिन्न गाह्रो पर्छ 
अहिले मलाई आफैंलाई चिन्न गाह्रो भैरहेको छ |
अहिले मलाई आफैंलाई चिन्न गाह्रो भैरहेको छ |
