कुनै उपनिबेशबाट भर्खरै छुटेको
नयाँ स्वतन्त्र राज्यमा झैं
गर्वसाथ
यहाँ ठाउँ ठाउँमा लेखिएको थियो-
‘यो खुल्ला दिशामुक्त
क्षेत्र हो’
वरपर कुनै सौचालय भने थिएनन्
बसबाट ओर्लेर
मानिसहरु दायाँ बायाँ झ्यांगतिर
लागे
बरु, मलाई साँच्चिकै चाहिएको
" खुल्ला, झन्झटमुक्त वाईफाई क्षेत्र ” थियो |
No comments:
Post a Comment