खोइ,
जति
ठूलाकुरा गरे पनि
कुनै गतिला बाटा बनाएनौ तिमीले
यतिन्जेल
धेरै चौडा
बाटा
बन्नु पर्ने थियो
धेरै ठुला सबारी हिंड्नुपर्ने थियो
जताततै बाटैबाटा हुनुपर्थ्यो
तिम्रा भाइबहिनी र सन्ततिका लागि,
अब उनीहरुले
कहाँ कहाँ बाटो देखे र गए
अझै बाटो हेर्दैछन फर्की आउनलाई
आफैं बाटो खन्छु भन्ने त कमै हुन्छन
अब त्यसो नगर है
किनभने
बाटाहरु प्रशस्तै चाहिन्छन हामीलाई
एउटा बाटो खन्दै गर्दा
अर्को खोज्दै गर्नुपर्ने समय भयो अब
बाटामाथि र बाटामुनि पनि
बाटा बनाउनु पर्ने बेला भयो अब
मैले नबुझेको कुरो यहि छ-
तिमी भन्छौ-
बाटाहरु धेरै भएपछि मानिस हराउँछम भन्छु-
बाटै नभए पो मानिस हराउँछ
जस्तै होस्,
बाटो एउटा भेट्यो भने मानिस आफ्नो घर आउँछ