यस्तै हो रण प्रताप,
नदी किनारमा उभिएपछि
पानीमा प्रतिबिम्ब देखिन्छ
जमीनमा छायाँ |
हिंजो तिमीले
ओडारमुनि बसेर
या घना जंगलभित्र डेरा कसेर
जहरिलो आगो ओकल्दा
तिम्रो छायाँ त देखिन्नथ्यो
तैपनि
तिम्रो नाम बोकेर
तिमीजस्तै बनेर
हजारौं छायाँहरु यता उता सल्बलाउँदा
गाउँ बस्तीको निद हराउँथ्यो
बच्चाहरु थर्र काम्थे
र रुखका चरा समेत चुप बस्थे
तिनै छायाँको भाव भंगिमा हेरेर
हामी तिम्रो अद्भुत तस्बिर कल्पिन्थ्यौं
बाफ रे !
यत्तिका छायाँ सल्बलाउन सक्ने मान्छे
घाम जुनको रीत खल्बल्याउन सक्ने मान्छे
भनिनसक्नु तिम्रा किम्बदन्ती
गनिनसक्नु तिम्रा रणनीति
कसै कसैले तिमी छँदै छैनौ पनि भने
आज तिमी ठम्म खडा छौ
दिउँसोको घाममा
साँच्चिकैको तिमी देखिदैछौ
तस्बिरको तिमी मेटिदैछौ
यहि नदी हो
तिम्रो अँगेनाबाट उडेको
भर्भराउँदो आगोले जब राम्रा नराम्रा
सबथोक पोल्न थाल्यो
असह्य पीडाको चित्कार गर्दै
निर्दोष रक्त भेलहरु यसलाई गुहार्न आएपछि
नदीको मन रहेन,
बडो ग्लानि भयो नदीलाई र
आफु साँघुरिएको पश्चातापमा
नदी ओडार सम्मै आयो पानी बोकेर
नदी जंगलभित्रै धायो खोज्दै खोज्दै
र बाहिर ल्याइपुर्यायो तिमीलाई
डुंगा चढायो र
उसले भन्यो - अब तिमी मलाई त्यतै हाँक
जता हिंडे यो चित्कार रोकिन्छ,
निर्दोष प्राणीको संहार रोकिन्छ
............................................
नदी विस्मित छ फेरि यतिखेर
आफैं किनारमा ओर्लेका तिमी
डुंगा र ढुंगा दुवै ताक्दैछौ
दुश्मन र दर्शनको चक्करमा अल्झेर
जिम्मेवारीबाट पर भाग्दैछौ
सुल्टो हिंड रण प्रताप,
सोझो हिंड,
संगै जाउँ भन्नेसँग काँध नउचाल,
यदि तिमीले
आफ्नालाई आफ्नो सम्झेनौ भने यतिवेला
तिमीलाई कसैले आफ्नो भन्नेछैन
पाउमुनिको बालुवा खस्के जस्तै
पल पल घडकिँदो
यो समयलाई चिन्न सकेनौ भने
समयले पनि तिम्रो ख्याल गर्नेछैन
नदी त बग्छ नै, (छेक्न सकिन्न यसलाई)
बग्दा बग्दै गर्छ सबै काम यसले
हेर, अहिले छर्लंगै तिम्रो प्रतिबिम्ब देखिएको छ यसमा |
i am speechless........
ReplyDeleteme too
ReplyDeleteसुन्दर! भावपूर्ण र प्रतिकात्मक!
ReplyDeleteलामो भए रसिलो, भावमय शक्तिशाली कविता लाग्यो | अरू सृजनात्मक जीवनको शुभकामना !
ReplyDeleteलामो भए पनि रसिलो, भावमय शक्तिशाली कविता लाग्यो | अरू सृजनात्मक जीवनको शुभकामना !
ReplyDeleteयस्तो भाकामा चैतन्य जी तपाइँ कति सहजपूर्ण तरिकाले कुनै पनि कुरालाइ बर्णन गर्न सक्नु हुन्छ ! मलाइ एक दम मिठो लाग्छ !
ReplyDeleteविशेष त यो कविताको शुरुवाती प्रस्तुती निकै राम्रो रहेको छ !
'रण प्रताप' र 'रण प्रतापहरु' को अकर्मण्यता र सफेद पाखण्ड शायद हामी बाँचिरहेको युगको सबैभन्दा ठूलो विडम्बना हो। सरले असाध्यै कलात्मक तरिकाले सम्झाइबुझाइ गर्न खोज्नुभएको छ कवितामा, तर रण प्रतापको डुङ्गा र ढुङ्गा दुवै ताक्ने बानी सुध्रिने छाँट भने देखिँदैन।
ReplyDeleteGajab!! Bejod!!
ReplyDeleteप्रतिक्रिया ब्यक्त गर्नुहुने सबैलाई हार्दिक धन्यबाद !
ReplyDeleteThis comment has been removed by the author.
ReplyDelete