अनुभूति-१
घामले यति पोल्यो कि
पोल्दा पोल्दा
अब घाम न्याना लाग्न थाले
घाम बिनाका ठाम बेकाम लाग्न थाले
झरीले यति डाम्यो कि
डाम्दा डाम्दा
अब झरी रिमझिम लाग्न थाल्यो
बुँद बुँदको स्पर्शमा हर्ष बग्न थाल्यो
हूरीले यति हल्लायो कि
हल्लिंदा हल्लिंदा
अब हूरी मन्द लाग्न थाल्यो
सिरसिर मीठो छन्द लाग्न थाल्यो
जिन्दगीले यति बहकायो कि
बहकिंदा बहकिंदा
बहकाई नै मुलधार लाग्न थाल्यो
मुलधार किनार भै भाग्न थाल्यो
समयले हिसाब माग्न थाल्यो|
अनुभूति-२
बिहानैदेखि
सागर किनारमा
मानिसहरुको ओहोर-दोहोर चलिरहेछ
कोही खेलिरहेका, कोही पौडिरहेका
लच्किंदै बालुवामा दौडिरहेका,
घाम चर्किन्छ
तिनका छायाँहरु पनि
गाढा बन्छन
र
तिनीहरु पनि खेल्छन
नयाँ श्वास पाए झैँ
रमाउंदै,
त्यही सागरमाथि
सूर्यलाई हल्कासँग तान्दै गर्छ कसैले
पश्चिमतिर
माझीले नाउ ताने झैं,
एकछिनपछि
यो किनारामा
अग्ला, होचा, दुब्ला, मोटा
सयौं मानिसहरु
लहरै एकसमान उभिएर
सूर्य अस्ताएको हेर्छन
तिनका छायाँहरु पनि
क्रमश: पातलिंदै हराउंछन्
र मानिसहरु स्वयं
आ-आफ्ना छायाँजस्तै बनेर
अन्धकारमा बिलिन हुन्छन
भोलि फेरि बिहान हुनेछ
र सम्भबत:
हूलका हूल नयाँ मानिसहरु आउनेछन् यहाँ,
यसैगरी किनारामा खेल्न र
सूर्य अस्ताएको हेर्नलाई,
त्यो देख्ने मानिस पनि
Subscribe to:
Post Comments (Atom)
त्यही सागरमाथि
ReplyDeleteसूर्यलाई हल्कासँग तान्दै गर्छ कसैले
पश्चिमतिर
माझीले नाउ ताने झैं
को होला त्यो त्यसरी तानिरहेको? चुपचाप चुपचाप
चैतन्यजी कविता रसिलो मिठो छ ।
दुबै अनुभूति बेजोड लागे, त्यसमा पनि पहिलो अनुभूतिको जबाफ नै छैन । हरेक प्रतिकूल परिस्थितिसंग भिज्दा भिज्दै सबै प्रतिकूल परिस्थिति अनुकुल बन्दै गएको गज्जबको भाव छ ....।
ReplyDeleteमजा आयो !
दुबै अनुभूति मनको गहिराईसम्म छुन सफल छन्। जब अनुभूति स्वयं बोल्छ, शब्दहरु अत्यन्त शक्तिशाली बन्छन्। त्यहि कुराको प्रमाण हुन् यी दुई टुक्राहरु।
ReplyDeleteनिकै ओजनदार शब्द भाव लिएर झुल्किनु भएको रहेछ !
ReplyDeleteखुब रसिलो मानेर पठन गरे !
सायदै ...
भोलि फेरि बिहान हुनेछ
र सम्भबत:
हूलका हूल नयाँ मानिसहरु आउनेछन् यहाँ,
यसैगरी किनारामा खेल्न र
सूर्य अस्ताएको हेर्नलाई,
त्यो देख्ने मानिस पनि
शायद अर्कै हुनेछ !
वाह! दुवै अनुभुती दामी लागे ।
ReplyDeleteपहिलो कविताको अन्तिम हरफ त सिधै मुटुमै गाडियो सर । अनि दोश्रो कविताको भाव उत्कृष्ट लाग्यो साह्रैनै ।
ReplyDeleteमानिसहरु स्वयं
आ-आफ्ना छायाँजस्तै बनेर
अन्धकारमा बिलिन हुन्छन
भोलि फेरि बिहान हुनेछ
र सम्भबत:
हूलका हूल नयाँ मानिसहरु आउनेछन् यहाँ,
यसैगरी किनारामा खेल्न र
सूर्य अस्ताएको हेर्नलाई,
त्यो देख्ने मानिस पनि
शायद अर्कै हुनेछ !
यति उति कति त भनि साध्ये छैन, त्यति साह्रै मन पगाले यि शव्दहरूले । अलि अगाडि पढिएको 'पोखरा' कविताको भाव...पानी परिरहने र सधैँ छाता भुल्ने मान्छेको कुरो साह्रै चित्त वुझेको थियो...यो कविता पनि वास्तवमा त्यतिकै वेजोड छ!!
बेजोड अनुभूतिहरु!! त्यसमा पनि अनुभूति-२ मा जीवनको क्षणभंगुरता निकै मिठो शैलीमा व्यक्त भएको छ।
ReplyDeleteभोलि फेरि बिहान हुनेछ
र सम्भबत:
हूलका हूल नयाँ मानिसहरु आउनेछन् यहाँ,
यसैगरी किनारामा खेल्न र
सूर्य अस्ताएको हेर्नलाई,
त्यो देख्ने मानिस पनि
शायद अर्कै हुनेछ !
यी हरफहरुको त जवाफ नै छैन।
Anubhuti Parajuli:
ReplyDelete"Chaitanyaji, I am late but more delighted by the first poetry that comes in my name..huh!! You were always a maestro in these things. Great to get these in web."
कति अनुभूतिहरू यस्ता हुन्छन् भन्नै सकिन्न
ReplyDeleteहुन पनि घटनाहरू यति हुन्छन् गन्नै सकिन्न
तर तपाईंका अनुभूतिहरू यति गहिरा कि
त्यहॉं देखि अझ गहिरो त झन खन्नै सकिन्न।
चैतन्यजी,
अनुभूत चैतन्यले मात्र गर्न सक्छ
नढ़ॉंटी भन्नु हो भने
त्यो अनुभूत सत्यलाई
चैतन्यले मात्र कोर्न सक्छ।
मीठा लागे ती अनुभूत सत्यहरू।
जसलाई
मेरो जीउको छाला छोएर बग्ने हावाले सधैँ पर्दामा टाङ्गछ
त्यही जीवन घुम्छ पर्दामा घटना जस्तो
दर्शक म तपाईं जस्तै हेरिबस्छु।
मेरो छाला छोएर बग्ने हावाले
तपाईंलाई पनि छुन्छ। सायद
दृश्य फेरिबस्ने चलचित्र जस्तो नदी किनारमा
जब घाम डुब्छ
त्यतिबेला अर्किएर फर्किएको मान्छेको मनमा के हुन्छ?
म त्यही हावालाई सोध्नेछु।
प्रतिक्रिया व्यक्त गर्नुहुने सबैलाई हार्दिक धन्यबाद !
ReplyDeleteसशक्त कवि मनोज बोगटीज्युलाई ब्लगमा स्वागत गर्दछु| उहाँको यो कवितामय प्रेरणाको लागि हार्दिक कृतज्ञता व्यक्त गर्दछु |
aaba kopda kopda kanda haru pani pyaraa lagna thalnechhan..aani phool haru tadha tadha janechhan hai na ta chaitanya jee..Nice Feelings of Life..
ReplyDeleteप्रकाशन गरेको धेरै समय यता आएर तपाइका शब्दमा अभिव्यक्त अनुभुतीहरू पठन गर्न सफल भए । मलाइ थाहा छ शब्दको कुनै उमेर हुदैन - वर्षौ अगाडी कोरिएका अक्षरहरू आजपनि उत्तिकै जीवन्त छन । ...
ReplyDelete