Wednesday, September 2, 2009

दशैंको कविता
















शरद छायो
सयपत्री गोदावरी पाख्‌पाखैमा
सयपत्री गोदावरी आँख्‌आँखैमा

सुनौला धर्ती, सफा आकाश

चिसो बतास, मीठो सुबास
मखमली मालती बाट्‌बाटैमा
पुतली माहुरी पात्‌पातैमा


दशैं आयो
शंख घन्टी, पूजा आराधना
धूपबत्ती प्रसाद, मन्‍दिर परिक्रमा
अक्षतापाती ढोक्‌ढोकैमा
बिराना साथी चोक्‌चोकैमा

पीङको रौनक, हाटको रौनक
पोतिएर सजिएका घरको रौनक
हतारो चटारो टोल्‌टोलैमा
च्‍यांग्राका हूल मोल्‌तोलैमा

देश ?
द्वन्‍दको दशक, हिंसा, संत्राश
मुर्झाएको मुलुक व्‍युँतने अत्याश
शान्तिको आकांक्षा श्‍वास्‌श्‍वासैमा
उज्यालो भविष्‍यको आश्आशैमा

सयपत्री गोदावरी पाख्‌पाखैमा
सयपत्री गोदावरी आँख्‌आँखैमा
चढाएँ हजुरलाई हात्‌हातैमा
शुभकामनाको साथ्‌साथैमा

13 comments:

  1. राम्रो छ! मलाई कविताको दशैं अझ मन प-यो।

    ReplyDelete
  2. धन्यवाद बसंतजी!

    'दशैंको कविता' मैले पोहोर साल लेखेको हुँ र 'कविताको दशैं' यसपल्ट| तपाइंलाई जस्तै मलाई पनि 'कविताको दशैं'अलि बढ्ता मन परेको छ|

    ReplyDelete
  3. दशैको कबिता राम्रो झन कबिताकाको दशै त कति कति राम्रो।
    तपाईले लेख्नु हुन्छ थहा थियो तर यती सुन्दर र यथार्थपरक कबिताहरुको प्रस्फुटन हुन्छ भन्ने कुराको मलाई कमै हेक्का थियो। तपाईको पहिलो कबिता बसन्तजीको ब्लगमा पढ्ने मौका मिलेको थियो।
    तपाईले गर्नु भएको यो सुरुवातको लागी धन्यवाद र निरन्तरताक कामना पनि।

    ReplyDelete
  4. really very nice.......malai ta duai bhaut ramro lagyo....compare garna nai sakina......

    ReplyDelete
  5. Indeed awesome poem! I loved your way of extending Dashain wishes.

    अक्षतापाती ढोक्‌ढोकैमा
    बिराना साथी चोक्‌चोकैमा

    These lines are nice but they made me feel even lonelier! I will miss them once again.

    ReplyDelete
  6. रमाइलो दशै । कवितामा बगेर मनाइयो ।
    चैतन्य जी तपाईंको नयाँ सुरुवात संगै म पनि समाहित हुन आए घामपानीमा रंगिएका कहाँनी खोज्दै । उच्च सफलताको शुभकामना,निरन्तरताको कामना ।

    ReplyDelete
  7. कविताको दशैं साँच्चैको दशैं झैं राम्रो लाग्यो |

    happy dahain and happy blogging ....

    ReplyDelete
  8. तपाईका केही शब्दका ताना बानामा पुरै दशैं र देश नै आटाएको पाएँ । मन छुने भावहरु एकदमै पन परे।

    विजया दशमीको हार्दिक मंगलमय शुभकामना !!!

    ReplyDelete
  9. दुर्जेय चेतनाजी, सुदिनाजी, सुर्य शिकारुजी , मिलनजी, दिलिप आचार्यजी !
    यहाँहरु सबैजनालाई ब्लगमा स्वागत र मैले पाएका शुभकामना, सुझाब र सल्लाहको लागि धन्यवाद ब्यक्त गर्दछु |पहिलोपल्ट यतिधेरै प्रतिक्रियाहरु कमाएको छु|खुशी छु|
    ("+ बसंतजी, दीपेन्द्रजी)

    मेरोतर्फबाट पनि यहाँहरु सबैलाई र यो ब्लग हेर्ने सबैजनालाई बिजया दशमीको हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछु|

    ReplyDelete
  10. कविता राम्रो छ |हरेक अनुच्च्छेदका अन्तिम दुई हरफहरू मज्जाका लागे | मेरो पनि दशैंको शुभकामना !

    ReplyDelete
  11. मणीजीलाई पनि यो ब्लगमा स्वागत गर्दछु| प्रशंसाका लागि धन्यवाद है !

    ReplyDelete
  12. happy dashain dai, beautiful poem.

    ReplyDelete

javascript:void(0)