
शरद छायो
सयपत्री गोदावरी पाख्पाखैमा
सयपत्री गोदावरी आँख्आँखैमा
सुनौला धर्ती, सफा आकाश
चिसो बतास, मीठो सुबास
मखमली मालती बाट्बाटैमा
पुतली माहुरी पात्पातैमा
दशैं आयो
शंख घन्टी, पूजा आराधना
धूपबत्ती प्रसाद, मन्दिर परिक्रमा
अक्षतापाती ढोक्ढोकैमा
बिराना साथी चोक्चोकैमा
पीङको रौनक, हाटको रौनक
पोतिएर सजिएका घरको रौनक
हतारो चटारो टोल्टोलैमा
च्यांग्राका हूल मोल्तोलैमा
देश ?
द्वन्दको दशक, हिंसा, संत्राश
मुर्झाएको मुलुक व्युँतने अत्याश
शान्तिको आकांक्षा श्वास्श्वासैमा
उज्यालो भविष्यको आश्आशैमा
सयपत्री गोदावरी पाख्पाखैमा
सयपत्री गोदावरी आँख्आँखैमा
चढाएँ हजुरलाई हात्हातैमा
शुभकामनाको साथ्साथैमा