गाउँमा
तिमी भत्केको घरको छाना मिलाउँदै थियौ
तिमी भत्केको घरको छाना मिलाउँदै थियौ
मैले भनें- भाई,
बल्ल तिमी साँचो क्रान्ति गर्दैछौ
तिमी भुतुक्कै भयौ ,
मैले थपें-
हाम्रो यहाँ क्रान्तिको परिभाषा सरल छ,
नपढेकाले स्कूल भर्ना हुनु,
ओछ्यान परेको बिरामी उठ्नु,
या बाँझो खेत खनजोत हुनु
क्रान्तिकै अनुपम उदाहरणहरु हुन्
मेरो हकमा
धेरै दिनपछि घरबाट निस्कनु
र गाउँ बस्ती डुल्न जानु
या बिदामा केही दिन घरै बस्नु
घाममा सुकुल बिछ्याउनु
र नयाँ किताब पढ्न कस्सिनु
या नयाँ गीत सुन्नुलाई
क्रान्तिकै अग्रगामी छलांग सम्झिन्छु म
पर्ख, एकदिन तिमी र म
कहीं कविता सुन्न जाऊँ
र एउटा अर्को क्रान्तिमा सहभागी बनौं
यसपल्ट भने तिमी बित्पातै हाँस्यौ |
यसपल्ट भने तिमी बित्पातै हाँस्यौ |