एकदिन सानु छोरालाई सोधें _
थाहा छ,
पुतली कसरी बन्छ, छोरा ?
उसले निर्धक्क भन्यो –
उसले निर्धक्क भन्यो –
बाबा, त्यो फूलबाट निस्केको हुनुपर्छ
फूलका पत्ता जस्तै छन् उसका प्वाँख
फूलका धब्बा जस्तै छन् उसका
आँखा
फूलका नली जस्तै छन् उसका
हातपाउ
भैगो,
लार्भा र प्युपा उस्कै गुरुहरुले
सिकाउन्
अब मैलाई लाग्न थाल्यो -
कतै झर्दाझर्दै
फूलको मन
पुतली बनेर उडिसकेको त
हुँदैन ?