के  के बिकेन शहरमा
रातभर ?
साँचो दिल टिकेन शहरमा रातभर  
दुश्मन, दिवाना साटिए शहरका 
सडक - सिमाना ढाँटिए शहरका  
फूल-पत्ता, जरा छांटिए शहरका  
उड्ने डुल्ने चरा काटिए शहरका   
बिटा बिटा नोट, सबैका हातमा 
अब  बाँकी के छ, शहरको
साथमा ?
सारा चिज  बिक्यो, यो
एकै रातमा ,
(जब हाट उठ्यो, बदलियो घाटमा !)
शहर सग्लै किन बिकेन, रातभर ?
जब यौटै रहर टिकेन रातभर ?