तिम्रो पनि मन
हुनु, यो त अल्लि सुहाएन
गल्ती भयो भन्दै रुनु, यो त अल्लि सुहाएन
यत्ति सानो
घरभित्र यत्रो ठूलो राँको बाली
खाकमाथि आँसु
धुनु, यो त अल्लि सुहाएन !
सप्तरंगी
इन्द्रेनीको रंग थुती यौटा यौटा
भत्क्यो भन्दै
पिरोलिनु, यो त अल्लि सुहाएन
यत्रो रगत यत्रो
हुर्मत, केका निम्ति थियो कुन्नि
बिर्सी सबै साधु
हुनु, यो त अल्लि सुहाएन !