बाटो बन्द भयो भन्न हुँदैन
अझै फराकिलो नबन्ने हो भने
बनिसकेको बाटो खन्न हुँदैन
पहराहरुमा फूल फुल्छन भने
फूल सम्म पुग्ने बाटो हुनुपर्छ
खोंचहरुमा मूल फुटछन भने
मूल सम्म पुग्ने बाटो हुनुपर्छ
झुपडीहरुमा दीप बल्छन भने
दीप फैलाउने बाटो हुनुपर्छ
टहराहरुमा सीप खुल्छन भने
सीप फैलाउने बाटो हुनुपर्छ

न कांडे तार, न जंगली झार
न अग्ला पहाड़, न नदी जंघार
छेकबारले बाटो बन्द हुँदैन
बाटो अन्त्य भयो भन्न हुँदैन
हिंडेर त हेर, बाटो बन्छ
बाटोले पनि त बाटो खन्छ
नहिड्नेले बाटो छेक्न हुँदैन
हिड्नेका पैतालामा टेक्न हुँदैन
वर पर बाटो नभेटे देखि
कराएर हेर, टकराएर हेर
संशयका पर्खाल भत्काएर हेर
बाटो छेक्नेको ढंग हुँदैन
बाटो कहिल्यै बंद हुँदैन