पूर्व जुनीमा
म पनि शायद
एउटा पहेंलो फूलको थुंगा थिएं
भंवराले मेरो रस पिएथ्यो
चरा म नजिकै आएर गीत गाएथ्यो
हावाले मलाई पींग मच्चाएथ्यो
झरीले नुहाईदिएको थियो
र घामले सुकाएथ्यो मेरो चिसो जीउ
मेरो रोम रोम पुलकित भएर
म धप्प बलेको थिएं
त्यो दिनसम्म
जुन दिन कुनै श्रद्धालु यौवनाले
एकाविहानै मलाई टपक्क टिपेर
ढक्कीमा राखेर चढाईदिइन्
सन्तानेश्वर महादेवको मन्दिरमा
त्यसपछि
म उस्तै रहिन ।
No comments:
Post a Comment