Wednesday, August 4, 2021

गोब्रेकीराको भजन

 


हुन त एकैदिनमा बन्दैन गोबरको खात

र एकैछिनमा निस्कने पनि होइनन्

गोब्रेकीरा

तिनको उस्तो ख्याल पनि गर्दैन कसैले

तर, संयोगबश

रंगीविरंगी गाउन लगाएर तिनलाई

कसैले उतार्छ कन्सर्ट या सभामा

र तिनीहरू गाउन थाल्छन्

तिनीहरूको गीतमा

ह्वास्सै गोबर गन्हाउंछ,

छिटा पर्ने डरले दर्शकहरू अत्तालिएर

पछि सर्न खोज्छन्

र गीतपनि गीतजस्तो नभएर

कर्कश भजनजस्तो बन्छ                                                                        

गोबर गणेशको ।

No comments:

Post a Comment

javascript:void(0)