Wednesday, August 4, 2021

प्रश्न

 

उहिल्यै

मन्जुश्रीले चोभारको डांडा काट्दा काट्दै

उछिट्टिएको एउटा हतियार

अस्तिमात्रै मेरो घांटीमा बज्रियो

र बल्लतल्ल बांचियो

म अझै रक्ताम्ये छु, तिर्मिर छु

के म फेरि त्यही हतियार

कांधमा बोकेर

या खुर्पेटोमा सिउंरेर हिंडुं?

 

No comments:

Post a Comment

javascript:void(0)