Wednesday, August 4, 2021

जग हँसाउनेलाई

 

एक घंटाअघि तिमीले ‘सकिन’ भनेर हात ठड्यायौ

एक घंटापछि तिमीले ‘सक्छु’ भनेर पंजा लडायौ

मेरै मान्छेहरूले मलाई पत्याएनन्’ भनेको भर्खरै आलै ताजै छ

फेरि ‘तिन्कै विश्वास छ मलाई’ भनेर पाउबिन्ती चढायौ

हाम्रो समझमा खिया जमेको भए त ‘हस्, महाराजै ठीक!’ भन्थ्यौं

थोरै लाज सरम बुझ्नेहरूलाई यो कस्तो महाजालमा फंसायौ

मन छैन दिमाग यस्ता खबरहरूको ‘डम्पिंग साइट’ वनाउन हामीलाई

महामारीले मान्छे मरिरहंदा चुनाब ? प्रधानमंत्री! तिमीले जग हंसायौ।

No comments:

Post a Comment

javascript:void(0)