मौन छन् दूर छन् आफ्ना, निषेधै
मात्र ब्याप्त छ
आँखामा जिन्दगी घुम्छ, आँसुमा
दैव नाच्दछ
‘सकिन,
अब
जान्छु म !‘ भन्ने पनि उदास छ,
काखैमा ढली अन्त्यमा ‘बिदाई!’ सुन्ने आस छ !
हरेक पल्लो घरमा कोही साह्रै बिरामी छ
भयको बिछ्यौना छ आशको सिरानी छ
आँखै अघिल्तिर मानिस खसेका छन्, चरा खसे झैं
छिनमै जिन्दगी छ छिनमै खरानी छ
प्रभु, यो कुन् असुर हो, लुकेरै खाईरहेछ
प्राणीको प्राण लुटेर मस्तले गाईरहेछ
कृष्णले पुतनालाई मिचे झैं मिच्न मिल्दैन ?
हरेक श्वासमा हाम्रो सुस्केरा आईरहेछ !
No comments:
Post a Comment