Wednesday, August 4, 2021

एक्लै उभिंदा

 

म एक्लै उभिंदा

हुरीले निकै बल गरेथ्यो मलाई ढाल्न

पटक पटक सिंगौरी खेलेथ्यो

तर म ढांट्दिन

म पनि पुरै सीधा उभिन नसकेकै हो

मेरा जराहरू पनि हैरान परेका हुन्

तैपनि म ढल्न मानिन

मेरो सामर्थ्य गल्न मानेन


म बांगिए पनि

मेरा शाखाहरूलाई सीधै उभिन भनेको छु

आफ्नो आफ्नो दिशा लिन भनेको छु

म हारेको नसम्झिन भनेको छु।

No comments:

Post a Comment

javascript:void(0)