Wednesday, August 4, 2021

समय र घर

 

कोही थिए होलान्

वल्लो झ्यालबाट पल्लो झ्यालमा बसेकोलाई हेर्ने

कोही थिए होलान्

पालीमा निस्केर अर्को कोठातिर भाग्ने

कोही थिए होलान्

आँगन बाँडेर बिस्कुन सुकाउने

र कोही थिए होलान्

घरै घुमेर लुकामारी खेल्ने

कोही त थिए होलान्

अबश्य


केही केही त

होलान् सम्झनाहरू

केही कथाहरू होलान्

इतिहासै भनेर त्यस्तो केही नभएपनि

यो मौनतालाई चिर्ने

केही गाथाहरू होलान् ।


अँ त नि,

एकदमै मिले झैं देखिने चिजलाई

बिस्तारै नमिलाउँदै लगेर

ढाल्ने बस्तुको नामै हो शायद -

समय ।

No comments:

Post a Comment

javascript:void(0)