Wednesday, August 4, 2021

मुट्ठीको चरा र प्रेम

 

मुट्ठीको चरा उड्यो

र पनि

मभित्रको चरा अझै कैद छ

दुश्मन आकाशले मलाई भन्यो-

चरालाई उड्न दिनु हुन्थेन

जाली चराले समेत भन्यो-

तिमीले छोपिराख्न नसकेकै हुनाले

म उडेको हुँ


हे दैव, दोष मेरै भयो !


मलाई अझै लाग्छ

साँगुरिने चीज, त्यो प्रेम हुनैसक्तैन

उसका प्वांख अंचेटेर

कतिन्जेल म मुट्ठी कसिरहन सक्थें ?


उड्यो त उड्यो

मुट्ठिको चरा उड्यो

र पनि

मभित्रको चरा अझै कैद छ

उड्छ भने

त्यसलाई समेत भुर्र उड्न दिने मन छ ।

No comments:

Post a Comment

javascript:void(0)