Wednesday, August 4, 2021

प्रधानमन्त्रीलाई

 

प्रधानमंत्रीलाई मात्रै

सबैकुराको दोष थोपर्नु उचित छैन

उनी चौध बर्ष जेल बसेका हुन्

र सौभाग्यले,

उनका तेह्र भाई पनि छैनन्

उनलाई माथि पुर्याउने हामी नै हौं

र अहिले तल झर्न गाह्रो परेको छ

कुरा त्यत्ति हो,

अत्यन्तै स्वाभाविक !


उनी बहुरुपी, बहुमुखी र चतुर छन्

अघि त्यहां पुगेका अधिकांश मानिसहरूको

र वर्तमान विश्वका धेरै नेताहरुको

अनुहार र गुण

मिश्रित छ उनमा

जस्तो कि

बिजुलीका पोल पोलमा नयाँ युगको प्रादुर्भाव हुंदा

मैले हाम्रै छिमेकका प्रधानमंत्री भेटेको हुँ उनमा

संसद भत्काउँदाको त कुरै नगरौँ ....

आदि आदिको अनंत कुरा गर्न

अहिले फुर्सद र जाँगर दुबै छैन

उनलाई झारेर

अहिल्यै शिंहासन चढ्न आतुर रामहरूलाई

ठोरीमा धाम बनाईदिंदैछन्

विलकुल सुबिधासम्पन्न (बयलगाडीसहित)!

नयाँ ब्यबस्थामा

सबै एकै ठाउंमा कोच्चिएर नबस्नु भनेकै छ।


प्रधानमंत्रीले सबैको ख्याल राख्छन्

र उनी साह्रै जबाफदेही छन्

कुर्चीमै घुसेको चुच्चेनक्साको खिल

उनले कसरी पन्छाए, बिचार गरौं न !

त्यसैले, प्रधानमंत्रीलाई मात्रै

सबैले शंका गर्नु उचित छैन

उनी चौध...............

.........................

No comments:

Post a Comment

javascript:void(0)