छायाँ हेरेरै पनि केही त अन्दाज हुन्छ
तिमी गुज्रेको बाटोमा,
भलै
जत्रो होस्,
तिम्रो
पदचाप हुन्छ
धर्ती हो तिम्रा सारा हर्कत चुपचाप चुपचाप
सहेकै छ
मृत्युपछि पनि सबैथोक सजिलै पटाक्षेप कहाँ
होला र ?
तिम्रो विवेकशून्य उन्मादको सम्झनामा
धुलोमा पनि, धुवाँमा पनि पक्कै
असंतुष्टिको आबाज हुन्छ ।
No comments:
Post a Comment