Monday, May 22, 2023

समय

 

एकपल्ट

लुरूलुरू आएको रहेछ

समय

पहिले त हामीले पत्याएनौं

ऊ समय हो भनेर

चिन्नै ढिलो भयो

जब चिन्यौं

ऊ गईहाल्यो

छोरीले

उसंग एउटा गतिलो सेल्फी पनि खिच्न नभ्याएको गुनासो गरी

छोराले

गितार बजाएर

एक अन्तरा गीत पनि पुरै सुनाउन नपाएकोमा पश्चाताप गर्यो

आमालाई

पाहुनालाई खुवाउने भनेर मकै भुट्दा भुट्दै

समय हिंडेकोमा नरमाइलो लाग्यो

सबैले बालाई दोष लगाए

बेलैमा नचिनेको भनेर ।

बाको वचाउ थियो -

अघि अघि ऊ आएको हेक्का भए पो !

मलाई पनि

यसपाली कसलाई भोट दिउं भनेर सोध्न मन थियो

ऊ गैहाल्यो

अब आफ्नै अन्तष्करणलाई सोध्छु

समयलाई चिन्ने खालको मान्छे रोजेर

भोट हाल्छु ।

No comments:

Post a Comment

javascript:void(0)