Monday, May 22, 2023

सपनामा

 

सपनामा

म धर्तीकै अन्तिम स्याउ खाइरहेको थिएं

र अपूर्व स्वाद पाइरहेको थिएं

आंसु चुहाइरहेको थिएं

अब यो धर्तीमा

सबैकुरा अन्तिम हुंदै गैरहेका थिए

मलाई थाहा थियो

म अमर होइन

र पनि

मेरो जाति रहिरहनेछ

मलाई तारिफ गरेर भएपनि

मेरो खिल्ली उडाएर भएपनि

ऊ जुग जुगान्तरसम्म फैलिनेछ

अहं, होईन रहेछ

उसले नसराप्दै

उसले बुझ्दा नबुझ्दै मेरा कर्तुतहरू

विस्तारै पोल्दै आएको रापिलो हावाले गर्दा

म आत्मग्लानिको भुमरीमा परेको रहेछु

प्रलय शुरू भैसकेको रहेछ

शायद

भोलि म धर्तीको अन्तिम गांस भात खान पाउनेछु

पर्सी म धर्तीको अन्तिम घुड्की पानी पिउन पाउने छु

र त्यसपछि

हुनसक्छ

म धर्तीमा अन्तिम श्वास लिनेछु

म नै अन्तिम हुनेछु यस धर्तीको

धर्ती नै रहनेछैन, यो होईन

तर, धर्तीका चल्दा खेल्दा प्राणी

धर्तीका मगमगाउंदा फूल

धर्तीका लहलह बाली

र धर्तीका मीठा ताजा फल

कठै, ती रहनेछैनन्

र रहनेछैनौं मजस्ता

सचेत र सर्वश्रेष्ठ सन्ततिहरू

सपनामा

म धर्तीको अन्तिम स्याउ खाइरहेको थिएं

र यसलाई बांडी खान पनि

कोही थिएन मेरो साथमा।

In my dream

I was eating the last apple on earth

And I was having a wonderful taste

But I was shedding tears

Everything on earth was coming to an end

I knew I am not immortal

But my race will remain

Even by complimenting me

Even by making fool of me

It will spread forever

Ah, no

Before it did curse me

Before it even understood my careless actions

Because of a passing breeze that is gradually burning

I am in a state of self-pity

The cataclysm has already begun

Maybe

Tomorrow I will eat the last rice on earth

Day after tomorrow, I'll drink the last drop of water on earth

And then

Maybe I will take my last breath on earth

I will be the last one on this earth

The earth will not remain, that’s not true

However

The animals playing so vividly on earth

The flowers blooming with intoxicating smell

The crops of the land waving beautifully

And sweet fresh fruits of the earth

Of course, they won't exist

Along with the most conscious and the best offspring like us

In a dream

I was eating the last apple on earth

And there was no one beside me to share it.

No comments:

Post a Comment

javascript:void(0)