Monday, May 22, 2023

म हिडें

 

यार !

वरपरको हावा तिम्रै भयो

घाम तिम्रै भयो

साथी, संगत, समाज तिम्रै भयो

बजार, बगैंचा, बाटो, बार्दली

मान, शान, नाम तिम्रै भयो

म हिडें

कारण

मलाई पनि अलिकति

सास फेर्ने हावा चाहिने रहेछ

थोरै घाम ताप्नुपर्ने हुंदो रहेछ

कहिलेकाहीं कसैसंग

कुरा गरूं गरूं झैं पनि लाग्दोरहेछ

नामको पछि नदौडेपनि

अनायासै कताकताबाट

स्वाभिमान जाग्दो रहेछ

तिमीले उचालेको छपनीमुनि

थपक्क आफ्नो शिर राख्न नसकेर

म हिडें

कुनै नचाहिंदो वहाना निकालेर ।

No comments:

Post a Comment

javascript:void(0)