Monday, May 22, 2023

केहि छैन

 

खास केहि छैन

पहाडहरु

पत्थरहरु

उकाली ओरालीहरु

धड्कनमा लेखेरै ल्याएका हुन्

यी चिजहरु

कहिले डराइएला- 'ओहो, पहाड !' भनेर

कहिले हराइएला- 'आहा, पहाड!' भनेर

हिंड्नु त छ नै, जे भने पनि

खास केहि छैन

सधैं एकनास पनि हुँदैन

डढेलो पनि लाग्छ कहिलेकाहीं

खडेरी पनि हुन्छ

फेरि गुराँस फुल्छ

फेरि मुनाहरु पलाउँछन्

टाढा पुगेका चराहरु

उडेर आउँछन्

र हाँगामा बसेर गाउँछन्

चक्र चल्छ

घाम जुनको

बादल बतासको

हिउँद बर्खा

र अरु ऋतुहरुको

खास केहि छैन

मन बुझाउनेलाई

यहि काफी छ

मन अमिल्याउनेलाई

संसार कम छ

म नभए पनि

संसार चल्छ भन्नेलाई

खास केहि छैन

म नहुँदा त संसारै डुब्छ भन्नेलाई

कहिं सुख छैन |

No comments:

Post a Comment

javascript:void(0)