Monday, May 22, 2023

एउटा फोटो पठाइदिएको छु

 

उल्लु !

तिमी नै रहेछौ

गुगललाई एकदर्जन प्रश्नहरू सोध्ने

विकिपेडिया पल्टाइरहने

र च्याट जिपिटीलाई हैरान पार्ने

कि

वात्स्यायन को हुन् ?

उनी कसरी बनाउंछन्

देशको धड्कन छामेर

शासकहरूको मुटु हल्लाउने व्यंगचित्र ?

उनका गहिरा आंखा

पातलो ओठ

सेतो कपाल

निधारको कोठी

र सानो फूर्तिलो शरिरको

के सम्वन्ध छ यो समयचेतसंग ?

कसरी उतार्छन् उनले

पीडाले ढुन्मुनाएको मुलुकलाई

एकैछिन भएपनि व्यंगले

र फिस्स हांसेर भन्छन् -

यहां यस्तै छ ब्रो ।

,

ईन्स्टाग्राममा पनि देख्यौ ?

ट्वीटर र बिबिसीमा समेत ?

फेरि तीनछक खायौ

उनको पानीरंगको पराक्रम पढेर

र सोच्यौ होला,

कसरी एकैपल्ट बन्छ कोही

बादशाह र गुरू पनि ?

हृदयमा कला र आंखामा रंग भरिएपछि

कसरी माटोको भित्तामा उभिन्छ

अंगारको भगवान

साक्षात झैं

त्यो झन् रोचक कथा छ

तिमीले उनलाई खोजेका रहेछौ

प्रज्ञा प्रतिष्ठानमा

सोध्दा रहेछौ- उनी राजधानी बस्दैनन् ?

अरे

सबथोक यति धेरै जटिल नबनाऊ

उनी असाध्यै सरल छन्

र असाध्यै गाह्रो पनि छ

उनी झैं सरल हुन

आफ्नी आमाजस्तै लाग्ने

अन्नपूर्णको काख

उनी कसरी छोडून्?

कुरा यत्ति हो,

उनी भर्खर एकासी लागेका छन्

एउटा शंत झैं चुपचाप तर

निरंतर साधनामा लीन

अहंको कखरा समेत नजानेका

वात्स्यायनलाई भेट्न

एकदिन समय मिलाएर

नदीपुरमा उत्र

उनको संघर्षका सात पत्र

चीलको आँखादेखि

पटक पटक गिद्धले ठुंग्न खोजेको

कागको कथा सुन

हेर्नु नि

उनको भर्खरको फ़ोटो

अनि एउटा युट्यूवको लिंक पनि

मैले सुटुक्क पठाइदिएको छु

तिम्रो ह्वाट्सअप र मेसेन्जरमा ।

No comments:

Post a Comment

javascript:void(0)