Monday, May 22, 2023

सेतो रौं

 

पहिलोपल्ट

कपालमा एउटा सेतो रौं भेटेपछि

मन गह्रौं भएको थियो

जन्मिंदै

सेतो कपाल लिएर आउनेहरू पनि छन् यहाँ ‘

मैले आंफूलाई यसरी सम्झाएथें

अहिले

पुरै कपाल सेतो हुंदापनि

म खासै केही सोच्दिन

तन्नेरीहरू भने

म उहिलेदेखिकै यस्तै थिएं

भन्ठान्दा रहेछन्

ठीकै पनि हो

मेरो कालो कपालको तारिफ गर्नेहरू

अब शायद भेटिंदैनन्

जीवनका

केही कथाहरू बन्न थालेपछि

रौंहरू सेता हुंदै जाने रहेछन् ।

No comments:

Post a Comment

javascript:void(0)