Monday, May 22, 2023

भन्नुपर्ने कुरा

 

परबाट

ऊ आइरहेको देखें

मलाई धेरै नै कुरा भन्नु थियो उसंग

शब्दहरूलाई मनको तख्तामा खोज्दा नखोज्दै

ऊ गइहाल्यो

मुसुक्क हांसेर

कचक्क एउटा तस्वीर खिचेर

सोध्यो ‘सन्चै छौ ?’

मैले ‘अं’ त भनें

तर म व्यस्त थिएं

उसलाई भन्ने कुरा सोच्नैमा

अब ऊ गइहाल्यो

उसलाई भन्नुपर्ने कुरा

केही तयार भएका छन्

केही अझै बांकी छन्

कहिले र कसरी भनुंला ?

म अन्यौलमै छु

म यहीं छु

र मेरो दिमाग घुमिरहेछ

ऊ भने स्वयं घुमिरहेछ

फगत यौटा तस्वीर बोकेर मेरो ।

No comments:

Post a Comment

javascript:void(0)