म हारें तँसंग
समय
मलाई खारेज गर्
तेरा प्रश्नहरुको मसंग कुनै जवाफ छैन
अब नयाँ प्रश्नहरु सुन्ने सामर्थ्य पनि बाँकी छैन
म त्यहीं
छु जहाँ बर्षौं
पहिले थिएँ
म त्यस्तै छु जस्तो बर्षौं पहिले थिएँ
भो अब कुनै अर्थ छैन म र मेरो पिढीको
कुनै उपादेयता छैन
भनिदे
तँ छँदै थिइनस्
तेरो पिढी एउटा स्वैरकल्पनामात्रै हो
भनिदे- गेट आउट !
द गेम इज ओभर
डोन्ट ट्राइ टू प्ले फाउल
यु आर अलरेडी आउटडेटेड एण्ड
आइ रिमुभ यु फ्रम माइ रेकर्ड्स
सकुन्जेल मैले जवाफ दिएकै हुँ
मैले ठुल्ठुला
आन्दोलन गरें भनें
मैले कस्ता
कस्ता व्यवस्था बदलें भनें
मैले नेता
राजनेता जन्माएं
भनें
मैले पार्टी
/ संगठन निर्माण गरें भनें
मानिसहरु
मुक्तिका खातिर शहिद हुन तयार भए पनि भनें
तैंले भनिस्
– फूर्ति, वाईघातको !
मैले
नायक, महानायकहरुको नाम लिएँ
सम्झी
सम्झी सुधारक र अभियन्ताहरुको बखान गरें
तैंले ‘त्यो
पनि अभिनय नै हो’ भनिस्
मसंग
कुनै उत्साह बाँकी रहेन
तैंले
मेरो हरियो पासपोर्ट मागेर भनिस् –
यो
कहाँ कहाँ जान्छ
र यसको
मूल्य कति छ ?
तैंले के के सोधिनस्
चप्पलदेखि चेभ्रोलेटसम्मको यात्रा
राजस्वको खरिदारको आय
र बेपत्ताको परिवारको दु:ख,
तैंले नमिता, सुनिता र निर्मला उचालिस्
तैले राजबंसी, बिक, तामांग,
चौधरी, खातुन, श्रेष्ठ र अरु को को निकालिस्
भोकले
छट्पटाएर जहानैसित खोलामा हाम्फाल्नेहरुलाई तैंले डाकेर सोध्न लगाइस्
दाइजोको
हिंसा सहन नसकेर जंगलमा झुन्डिनेहरुलाई तैंले चिच्याएर सोध्न लगाईस्
मैले
अपवादमा राखेका दासढुंगा र दर्बार हत्याकाण्डलाई तैंले 'नन-सेन्स' ठानिस्
जब तैंले चिहानै चिहानबाट मुर्दाहरुलाई बकाउन थालिस
भो ! मलाई असह्य भयो
अब ज्यूँदाहरु पनि
एक एक प्रश्नमैदानमा उत्रेपछि म गलें
मैले
तेरो कुनै भेउ पाइन
मैले
कहीं आँफू अस्तित्वमा भएको पुष्टि गर्न सकिन तँलाई
बरु मलाई
खारेज गर्दे
तँ
छँदै थिएनस् भन्
तेरो
पुस्तै थिएन भन्
त्यो
स्वीकार छ |
No comments:
Post a Comment