Wednesday, February 3, 2021

फर्कने टिकटको बारेमा

फर्कने टिकट ?

त्यो तिमीसंग अबश्य छ

भुलेर कतै राख्यौ होला

ढुक्क होऊ

तिमी जसरी पनि फर्कने छौ

 

तिमी यहाँ झर्नेबित्तिकै

तिमीलाई त्यो टिकट हातमा थमाईएको थियो

त्यो कुरामा कुनै सन्देह छैन

घरका कसैलाई सोधौला

तर तिनीहरुलाई पनि थाहा नहुन सक्छ

उनीहरुका पनि आ-आफ्ना टिकट भने छन्

छिमेकीलाई या साथीलाई सोध्यौ भने

'टिकट त तिम्रो हुनैपर्ने हो' मात्र भन्नेछन् 

किनभने त्यसमा तिम्रै नाम किटेर लेखिएको छ

 

चिन्ता नगर,

खलाँसीसंग पनि त्यसको अर्धकट्टी या कार्बनकपि हुन्छ

तिमी जहाँ भएपनि

उसले तिमीलाई भेट्टाएर लिन आउनेछ

तिम्रो फर्कने बेला आएपछि

बोलाउला पनि

तर अघि नै तिम्रो ध्यानभंग नहोस् भनेर 

उसले अत्यन्तै अन्तिम समयमा मात्र बोलाउने छ

आकस्मिक बोलाहट ! 


अनुबाद 


The return Ticket 

The return ticket ? 

Oh ! The return ticket

You definitely have it

Probably you forgot it or misplaced it somewhere

No worries, however.

you will return for sure.

 

 

The ticket was handed over to you

The moment you landed here

Without a miss, I must say, undoubtedly

Ask someone at home to your own

They also might be unaware

Though they hold one for themselves

Ask your neighbors or friends

They won't deny you must have  

Since it is printed in your own name

 

 

Don't worry

Even the conductor will have a half of it

Or a carbon copy

He will locate and come to fetch you

Wherever you are

When the time comes for you to return

He may call

But, so as not to disturb you

He will only call you at the last moment

The emergency call.

No comments:

Post a Comment

javascript:void(0)