Thursday, December 5, 2019

जीवनबोध












ए शितल बतास उठाऊ मलाई
ए न्यानो प्रकाश जगाऊ मलाई
भुलेर यो पीडा म हिंड्न चाहन्छु 
ए सेतो हिमाल बोलाऊ मलाई

यी तारा र चन्द्र, यो बादल हेरुंला
यी पर्बत र मैदान, त्यो जंगल हेरुंला  
यी मेरा नयनका परेली खुलुन्जेल
यिनै सम्झनाले मथिंगल भरुंला

यो चिर्बिर चराको, म सुन्दै बसुँला  
यो कल्कल खोलाको, म रम्दै बसुँला  
मेरो दुक्ख होला यो छोटो परिक्षा
फेरि मुक्त हाँसो, म गम्दै बसुँला

यो जोबन् यो जीबन् कति किमती छ
यो पलपल छ सुन्दर, अनौठो त्यति छ
मेरो प्रार्थनामा जति सत्य म छु
त्यति प्राप्ति मेरो वशमा रहेछ  

अब जिन्दगीको जति फुर्को बाँकी
छ ज्युने छु पुरा, कुनै धक् नराखी
म मान्छे हुनेछु, यो धर्तीको मान्छे  
डटी लड्छु जत्रै उठोस् न ल आंधी !  


No comments:

Post a Comment

javascript:void(0)