यो उज्यालोमा
लेखुं कि
नलेखुं
ती अँध्यारो
समयका कुराहरु
जसले कटक्कै
मेरो मन खाएका थिए
धर्मग्रन्थ
भन्छन्
जे भयो भयो
कटेर गयो
विद्वानहरु
सुनाउँछन्
पुरानो दुखको पछुताउ नगर
जो भयो, त्यही
बढ्ता महत्वपूर्ण छ
एकदम मनासीब
हो
कारण पल पल
किमती छ यो उज्यालो
आशाका किरणहरु
झिल्मिलाएका छन्
बर्तमान असरल्ल
भएपनि
अगाडिको धुन छ
मधुर र मोहक,
तैपनि
आफू गुज्रेर
आएको बाटोले
यादको पत्र
मन्जुषामा
सुटुक्क
खसाउँदो रहेछ
पुरानो तस्बिर
जस्तै केही
जो आँख आँखै
बोल्न खोज्दो रहेछ
र भन्दो रहेछ –
नबिर्स,
अंध्यारो
भित्रबाटै
तिमीले बोकी
ल्याएका हौ
उज्यालोको झिल्का !
No comments:
Post a Comment