यो मनको उकाली
यो मनको ओराली
हिंडेकै छु साथी
आफूलाई सम्हाली
हतासिन्छ खालि
बतासिन्छ खालि
यो कस्तो सबारी
बिना क्यै तयारी ?
म भन्छु एकैछिन
बिसाउँ देउरालीमा
ल हेर, ऊ कुद्छ
फूलमा, डालीमा!
न पुग्ने किनारा
न रुक्ने सिमाना
जे नै देख्छ राम्रो
त्यसैको दिवाना!
बेसुरैमा डुल्छ
बेहोशी भै भुल्छ
जब गल्ती खुल्छ
मसंग असुल्छ!
छिनैमा गमिलो
छिनैमा अमिलो
कति पार्छु संग्लो
ऊ बन्छ धमिलो!
रातोदिन् चाहारी
बिना जिम्मेवारी
मनै पो छ भारी!
म हिँडछु घिसारी
यो मनको संगालो
यो मनको भंगालो
कहाँ साट्न मिल्ला
यो मनको अंगालो ?
यो मनको उकाली
यो मनको ओराली
हिंडेकै छु साथी
आफूलाई सम्हाली.......
Is America escape room of every country?
3 hours ago
सुन्दर भाव - चैतन्य अधिकारि जी ! कति मज्जाले लेख्नु भएको रहेछ - सबै एक से एक छन् तर पनि त्यसमा भएको ४ र ५ औ (पार्ट) चाही अलिक मनमा गडे (अति बाँकि परेको लाग्यो - यानी राम्रो लाग्यो )
ReplyDeleteअनि मैले पनि दोह्रयाए है अधिकारि जी -
"यो मनको उकाली
यो मनको ओराली
हिंडेकै छु साथी
आफूलाई सम्हाली....."
...यो कस्तो सबारी
ReplyDeleteबिना क्यै तयारी ?...
साह्रै राम्रो लाग्यो ।
awesome!
ReplyDeleteLiked especially the lines:
"...यो कस्तो सबारी
बिना क्यै तयारी ?"
...
"न पुग्ने किनारा
न रुक्ने सिमाना..."
just love the way you express your thoughts!
हेर्दा गध्य जस्तो लाग्ने तर पढ्दा त पध्य पो भयो कविता!!!
ReplyDeleteसधैँझैँ फेरिपनि साह्रै मन पर्यो यो लेखाई.......
यो मनको उकाली
यो मनको ओराली
हिंडेकै छु साथी
आफूलाई सम्हाली.....
कबिताहरु सर्सर्ती पढ्दा निकै रफ्तारमा प्रगती भएको पाय
ReplyDeleteयि दुई हरफले दियो
यो मनको रङ
के भनु म त
छु आफै दङग।
छिनैमा गमिलो
छिनैमा अमिलो
कति पार्छु संग्लो
ऊ बन्छ धमिलो!
यो मनको उकाली
यो मनको ओराली
हिंडेकै छु साथी
आफूलाई सम्हाली.......
रातोदिन् चाहारी
ReplyDeleteबिना जिम्मेवारी
मनै पो छ भारी!
म हिँडछु घिसारी
सारै राम्रो कविता लाग्यो | हामी सबैको मनोदशा एकै हो | मन बिनाको बाँच्न पनि नसकिने, मन लिएर बाँच्दा मनको मनपरी पनि हुने ! तर यो खोजी मै आनन्द छ जिन्दगीको -
यो मनको संगालो
यो मनको भंगालो
कहाँ साट्न मिल्ला
यो मनको अंगालो ?
गजब छ |
छोटा छोटा तर चोटिला हरफहरुले फेरि पनि मस्त बनायो !!
ReplyDeleteअशेषजीले प्रस्तुत गर्नुभएको 'केदारजी' को मनोदशा र यो कविताको भावलाई जोडेर पो हेर्न मन लाग्यो। साँच्चिकै बुझिनसक्नु छ यो मनको उकाली र ओराली!
ReplyDeleteयो मनको संगालो
ReplyDeleteयो मनको भंगालो
कहाँ साट्न मिल्ला
यो मनको अंगालो ?
निकै सुन्दर कविताहरु फेरि। बाह!!
यो मनको उकाली
ReplyDeleteयो मनको ओराली
हिंडेकै छु साथी
आफूलाई सम्हाली.......
चैतन्य जी, एकचोटी फेरी मन छुन कविता टाँस्नुभयो है तपाईले । ‘मन’ चितुवाको रफ्तार भन्दा छिटो दौडन्छ अरे ! तपाईको मन पनि त्यहि गतिमा दौडिएछ । कवितामा दोडिएका विम्ब र भावहरु र कविप्रति एकचोटी सलाम गर्छु है ।
सुन्दर! मन छुने कविता!
ReplyDeleteसुन्दर कवि ताहरू चैतन्य जी ।
ReplyDeleteगज्जब छ... थोरै शब्दले धेरै भाब बोक्नु पर्ने गहन काम सजिलो संग गर्नु भएको छ....
ReplyDeleteयो मनको उकाली
ReplyDeleteयो मनको ओराली
हिंडनै पर्ने रैछ साथी
आफूलाई सम्हाली.......
तर क गर्ने साथी
अब त हुन लाग्यो सारै भारी, अति सारै भारी...
एस्पेसिअल्ली फॉर हामी नेपाली ........................
सारे दामी लाग्यो चैतन्य जी, कीप इट अप .............
`रातोदिन् चाहारी
ReplyDeleteबिना जिम्मेवारी
मनै पो छ भारी!
म हिँडछु घिसारी`
हो र भन्या ?
प्रतिक्रिया व्यक्त गर्नुहुने सबैलाई हार्दिक धन्यबाद !
ReplyDelete